आवाजबाटै नियन्त्रण गर्न सकिने पंखा बजारमा « Khabarhub

आवाजबाटै नियन्त्रण गर्न सकिने पंखा बजारमा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आवाजबाटै नियन्त्रण गर्न सकिने सिलिङ फ्यान अर्थात पंखा बजारमा आएको छ ।

लग्जरी पंखा बनाउने भारतीय कम्पनी ‘लग्जेइर’ (Luxaire) ले आफ्नो पहिलो आईओटी कनेक्सन भएको स्मार्ट फ्यान सार्वजनिक गरेको हो ।
कम्पनीले यस स्मार्ट फ्यानको नाम नाम लग्ज ५१३० राखेको छ ।

यसको मुल्य मात्रै २ लाख रुपैयाँ माथी रहेको छ । यसको मूल्यबाट नै थाहा हुन्छ की यो विशेष किसिमको र परम्परागत सिलिंग फ्यान भन्दा फरक छ ।यस पंखामा १० वर्षको मोटर वारेन्टी रहेको छ । जुन इन्डस्ट्रीमा सबैभन्दा धेरै लामो अवधिको वारेन्टी रहेको कम्पनीको दाबी छ ।

लग्ज ५१३० पंखा उडन ब्लेड डिजाइन, ग्लास र प्रीमियम फिनिशयुक्त छ भने यस पंखामा ४ वटा ब्लेड जडान गरिएको छ । यो ह्वाइट मोटरसँगै म्याट ह्वाइट ब्लेड तथा ब्ल्याक मोटर र वालनट कलर ब्लेडमा उपलब्ध रहेको छ ।

यस पंखालाई प्रयोगकर्ताले विज्ज (WiZ) सिस्टमबाट कन्ट्रोल गर्न सक्दछन । अर्थात प्रयोगकर्ताले यसलाई बोलेर कन्ट्रोल गर्न सक्दछन् । यस स्मार्ट पंखाले एलेक्सा, गूगल असिस्टेन्ट र सीरीलाई सर्पोट गर्दछ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले यसलाई आफ्नो रिमोटबाट टिभी कन्ट्रोल गरेझै कन्ट्रोल गर्न सक्दछन् । पंखामा रहेको मोटरपछाडी एलइडी लाइट रहेको छ । जुन २० वाटको वार्म ह्वाइट ३०० के एलइडी लाइटसँगै आउँदछ ।

यो पंखाले अरु फ्यानको तुलनामा ७० प्रतिशत विद्युत बचाउने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ९ : १० बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग