‘अमेरिकन आइडल’ को शीर्ष २० मा छानिएपछि चर्चामा नेपाली गायक दिवेश « Khabarhub

‘अमेरिकन आइडल’ को शीर्ष २० मा छानिएपछि चर्चामा नेपाली गायक दिवेश


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली गायक दिवेश पोखरेल अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ मा शीर्ष २० मा परेपछि चर्चामा छन् । उनी अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० मा पुगेका हुन् ।

केही वर्षयता अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । उनले युट्युब प्लेटफर्ममा ‘अर्थर गन’को नाममा अङ्ग्रेजी र नेपाली गीत अपलोड गर्ने गरेका छन् । पप शैलीका गीत गाउन रुचाउने दिवेश अमेरिकन आइडलमा छानिएपछि उनको थप चर्चा चुलिएको हो ।

दिवेशले आइडलको परिचयात्मक भिडियोमा आफ्नो परिचय दिँदै स्टेज नाम ‘अर्थर गन’ भएको र नेपाल साँच्चिकै सुन्दर देश भएको बताएका थिए ।

दिवेशले आइतवार प्रसारण भएको अमेरिकन आइडलमा दिएको प्रस्तुतिले निर्णायकको मन जितेको थियो । युट्युब भिडियोमा कमेन्ट गर्दै कतिले त दिवेशलाई सन् २०२० को अमेरिकन आइडल विजेतासमेत भन्न थालिसकेका छन् ।

हिजो (फेब्रुअरी १६) देखि प्रसारण भएको यो रियालिटी शोमा दिवेशको प्रस्तुति हेरेर नेपालीले पनि अमेरिकन आइडल हेर्न थालेका छन् ।

गायक पोखरेलले न्यानो घर, समुन्द्र पारी, कर्णाली, मन, प्रलय ए, प्रलय बी लगायतका गीत गाएका छन् ।

अमेरिकन आइडलको निर्णायकमा लुक ब्रायन, लाइनल रिची र केटी पेरी निर्णायकको भूमिकामा छन् । निर्णायकले दिवेशको खुलेर तारिफ गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ११ : ३८ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड