खाली पेटमा कहिल्यै नखानोस् यस्ता खानेकुरा « Khabarhub

खाली पेटमा कहिल्यै नखानोस् यस्ता खानेकुरा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानपानको तौरतरिका तथा समय मिलाउदा शरीर स्वस्थ हुन्छ । सामान्यतयाः फलफूल भनेर हामि जुन बेला पनि खान तयार हुन्छौ । तर हाम्रो त्यस्तो सोचाईं गलत हो ।

जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन ।

केरा : पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ केरा । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।

चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

अमिला फलफूल : अमिला फलफूलमा अधिकांशको रुची हुन्छ । तीमध्ये सुन्तला त धेरैको प्रीय नै मानिन्छ । तर यही सुन्तला खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छ ।

त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।

दही : पेटका लागि निकै उपयोगी खानेकुरा हो दही । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

चिया वा कफी : चिया कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ ।

यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा नै असर पुर्‍याउँछ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ३१ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन