खाली पेटमा कहिल्यै नखानोस् यस्ता खानेकुरा « Khabarhub

खाली पेटमा कहिल्यै नखानोस् यस्ता खानेकुरा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानपानको तौरतरिका तथा समय मिलाउदा शरीर स्वस्थ हुन्छ । सामान्यतयाः फलफूल भनेर हामि जुन बेला पनि खान तयार हुन्छौ । तर हाम्रो त्यस्तो सोचाईं गलत हो ।

जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन ।

केरा : पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ केरा । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।

चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

अमिला फलफूल : अमिला फलफूलमा अधिकांशको रुची हुन्छ । तीमध्ये सुन्तला त धेरैको प्रीय नै मानिन्छ । तर यही सुन्तला खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छ ।

त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।

दही : पेटका लागि निकै उपयोगी खानेकुरा हो दही । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

चिया वा कफी : चिया कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ ।

यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा नै असर पुर्‍याउँछ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ३१ बजे

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

गोरखा– २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू

एजेन्सी– गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैंक र

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०