गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू « Khabarhub

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैंक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ ।

रामल्लाह स्थित केन्द्रीय निर्वाचन आयोगका अनुसार इजरायलको कब्जामा रहेको वेस्ट ब्यांकमा करिब १५ लाख र गाजाको देइर अल–बलाह क्षेत्रमा ७० हजार मतदाताहरू सूचिकृत भएका छन् । निर्वाचन आयोगका अनुसार मतदान केन्द्रहरू बिहान सात बजे खोलिएको थियो भने बेलुका सात वजे बन्द हुने छन् । 

गाजा पट्टीको लगभग आधा भाग नियन्त्रण गर्ने फताहको कट्टर प्रतिद्वन्द्वी हमाससँग सम्बद्ध व्यक्तिहरू मतदाता सुचीमा सूचीकृत नभएको जनाइएको छ ।

पछिल्लो समयमा प्यालेस्टिनी प्राधिकरणले भ्रष्टाचार, स्थिरता र घट्दो वैधता माथि व्यापक आलोचनाको सामना गरिरहेको छ । सन् २००६ देखि कुनै राष्ट्रपति तथा विधायकी चुनाव नभएको कारण, यस क्षेत्रमा नगरपालिका परिषद्हरू नै प्रशासन अन्तर्गतका काम गर्ने केही लोकतान्त्रिक संस्थाहरूका रुपमा रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका संयोजक रमिज अलक्बारोभले निर्वाचन आयोगले लोकतान्त्रिक प्रक्रिया आयोजना गरी मतदानको वातावरण बनाएकोमा आयोगको खुलेर प्रशंसा गरेका छन् ।

यस अघि विज्ञप्ति जारी गर्दै चुनावले प्यालेस्टिनीहरूलाई चुनौतीपूर्ण अवधिमा आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसर दिएको अलक्बारोभले बताए थिए ।  

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ३ : ०४ बजे

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

विपन्नका लागि छुट्याइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने