१७ किलोमिटर वरबाटै फर्किए कालापानी पुग्ने भनेका रक्षामन्त्री पोखरेल « Khabarhub

१७ किलोमिटर वरबाटै फर्किए कालापानी पुग्ने भनेका रक्षामन्त्री पोखरेल


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दार्चुला– भारतद्वारा मिचिएको नेपालको कालापानी क्षेत्रको निरीक्षणका लागि निस्किएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली करिब १७ किलोमिटर वरबाटै फर्किएको छ ।

आइतबार दार्चुलाको खलंगा पुगका मन्त्री पोखरेल सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रको निरीक्षणका लागि भनेर निस्किएका थिए ।

तर, मन्त्री पोखरेल नेतृत्वको टोली छाङ्गरुकै आकाशबाटै फर्किएको छ ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्य गेल्बुसिंह बोहोरा तथा मानबहादुर धामीसहित १० जनाको टोली प्रतिकूल मौसमको कारण देखाउँदै छाङ्गरुबाट फर्किएको हो ।

नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ३४ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले