शहर कुरुप हुन नदिने प्रधानमन्त्रीको उद्घोष, सुरु भयो काठमाडौंमा तार भूमिगत बनाउने काम « Khabarhub

शहर कुरुप हुन नदिने प्रधानमन्त्रीको उद्घोष, सुरु भयो काठमाडौंमा तार भूमिगत बनाउने काम


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको नयाँ अध्याय शुरु भएको उद्घोष गरेका छन ।

काठमाडौंबाट सुरु गरिएको विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शहरी सौन्दर्यता अभिबृद्धिमा सरकार अघि बढेको जानकारी दिए ।

तार भूमिगत गर्ने कामले आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने उनको बिश्वास छ।

‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरी गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘विद्युत्, टेलिफोन लगायत तार भूमिगत गर्ने काम काठमाडौंको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने छ।’

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै ओलीले केही मान्छेलाई सरकारको बिकास निर्माणको कामले पीर परेको आरोप समेत लगाए ।

उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना अन्तरगत पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ४९ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका