कोरोना भाइरसको बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड « Khabarhub

कोरोना भाइरसको बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलाास भएको छ ।

दक्षिण कोरियाको डोङ अ – इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको हो ।

कोरोनाभाइरसबाट संक्रमित व्यक्तिले क्वारेन्टाइन नै नगरी सार्वजनिक स्नानगृह प्रवेश गरेको भन्दै मृत्युदण्ड दिइएको बुझिएको छ ।

ती मानिसलाई नियन्त्रणमा लिएर तत्कालै मृत्युदण्ड दिइएको जनाइएको छ । मृत्युदण्ड पाएका व्यक्ति चीन भ्रमणमा गएको र स्वदेश फर्केपछि उनलाई अलग्गै राखिएको थियो ।

उनी सरकारी अधिकारी रहेको समाचारमा उल्लेख छ । त्यस्तै, उत्तर कोरियामा नै अर्का सुरक्षा अधिकारीले आफू चीन भ्रमणमा गएको कुरा लुकाएको आरोपमा उनलाई गाउँ पठाइएको छ ।

उनी उत्तर कोरियाको शक्तिशाली राष्ट्रिय सुरक्षा निकायका अधिकारी हुन् । यसअघि उत्तर कोरियाले चीन भ्रमणबाट फर्केका जो कोहीलाई पनि ३० दिनसम्म क्वारेन्टाइनमा राख्ने घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमित भएको आशंका गरिएका मानिसलाई केबल १४ दिन मात्र क्वारेन्टाइनमा राखे पुग्ने बताए पनि उत्तर कोरियाले महामारी फैलिन नदिन दोब्बर भन्दा बढी समय क्वारेन्टाइनमा राख्ने घोषणा गरेको हो ।

उत्तर कोरियाले यसअघि नै कोरोनाभाइरस रोकथामका लागि चीनसँगको नाका ठप्प पारिसकेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : २० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको