छात्रवृत्तिको रकम हिनामिना गर्ने विद्यालयका अध्यक्षविरुद्ध ७ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

छात्रवृत्तिको रकम हिनामिना गर्ने विद्यालयका अध्यक्षविरुद्ध ७ लाखको भ्रष्टाचार मुद्दा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारबाट विद्यालयको भवन निर्माण तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न दिइएको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानास्थित केदारेश्वर उच्च माध्यमिक विद्यालयको तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार अध्यक्ष बोहोराले जिल्ला शिक्षा कार्यालय डोटीबाट विद्यालय भवन निर्माण र छात्रवृत्ति प्रदानका लागि भनेर प्रदान गरिएको ४१ लाख ५४ हजार ५ सय रुपैयाँ मध्येबाट ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ ४१ पैसा हिनामिना गरेको भेटिएको छ ।

बोहोराले जिल्ला शिक्षा कार्यालय डोटी र विद्यालयको आन्तरिक स्रोतको गरी ४१ लाख ५४ हजार ५ सय रुपैयाँ पेश्की लिएका थिए । तर, जिल्ला शिक्षा कार्यालयले गरेको अनुमगनका क्रममा उक्त रकममध्ये ३१ लाख १६ हजार ५६ रुपैयाँ बराबरको मात्रै काम भएको देखिएको थियो । साढे ४१ लाखमध्ये उनले ३ लाख ८ हजार ५ सय रुपैयाँ विद्यालयको खातामा जम्मा गरेका थिए भने बाँकी ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ हिनामिना गरेका अख्तियारले जनाएको छ ।

अख्तियारले बोहोराविरुद्ध ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : १७ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट