साम्राज्ञीको ‘मारुनी’ लण्डनमा प्रदर्शन गरिने « Khabarhub

साम्राज्ञीको ‘मारुनी’ लण्डनमा प्रदर्शन गरिने


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्म ‘मारुनी’ लण्डनमा भएका नेपालीबीच चलचित्र प्रदर्शन गरिने भएको छ । निर्मात्री पुनम गौतमले फिल्म लण्डनवासी नेपालीबीच प्रदर्शन गरिन लागिएको जनाइन् ।

यसअघि फिल्मको जापान, अस्ट्रेलिया लगायतका केही देशमा प्रदर्शन गरिएको थियो । अब लण्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनका लागि नायिका साम्राज्ञी शाह र निर्मात्री पुनम गौतम २३ फेब्रुअरीमा लण्डन उड्ने कार्यक्रम छ ।

निर्मात्री गौतमले लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट विक्री भैसकेको बताइन् ।

फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा साम्राज्ञीका अलावा रेविका गुरुङ र पुष्पल खड्काको शीर्ष भूमिका रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : ५८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र