अमेरिका जान बैंक ब्यालेन्स देखाउनु भन्दै ६० लाख ठगेपछि… « Khabarhub

अमेरिका जान बैंक ब्यालेन्स देखाउनु भन्दै ६० लाख ठगेपछि…


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिलासँग अमेरिका जान बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी ६० लाख ठगी गरको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

अमेरिका जाँदा ६० लाख बैंक ब्यालेन्स देखाउनु भन्दै एक महिलालाई ठगी गरेको आरोपमा प्रहरीले बाग्लुङका रामचन्द्र कुँवर र ललितपुरका गणेश लामालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई भक्तपुरबाट आइतबार पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरीका अनुसार उनीहरुले नुवाकोट शिवपुरी गाउँपालिका–३ की सानुमाया लामालाई अमेरिका जानका लागि बैंक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारेर रामचन्द्र कुँवरको खातामा उक्त रकम राख्न लगाएका थिए ।

लामाले उनको खातामा पैसा राखेको भोलिपल्ट उनीहरुले प्राईम बैकको चावहिल, नयाँबानेश्‍वर, कोटेश्‍वर, सामाखुसी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमति पत्र राखेर रकम झिकेर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले अन्य ३ जनाबाट समेत ७० लाख ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : २१ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त