फूलमालासहित रिहाइ भए महरा, डिल्लिबजार कारागारमा भव्य स्वागत ( फोटोफिचर ) | Khabarhub Khabarhub

फूलमालासहित रिहाइ भए महरा, डिल्लिबजार कारागारमा भव्य स्वागत ( फोटोफिचर )


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयासको अभियोगमा अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलबाट रिहा भएका छन् ।

डिल्लीबजार कारागारबाट रिहाइ हुँदा उनलाई डिल्लिबजार कारागरा बाहिर भव्य स्वागत गरिएको छ । डिल्लीबजार कारागार बाहिर उनको स्वागतका लागि ठूलो भीड जम्मा भएको थियो ।

महराका परिवार र आफन्तसँगै नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कारागारअगाडि जम्मा भएका हुन्। महरालाई उनीहरुले फूलमाला लगाइदिएका थिए ।

रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे । उनको स्वागतका लागि राष्ट्रिय झण्डासहित शुभचिन्तकहरु डिल्लिबजार कारागार पुगेका थिए ।

उनलाई आज काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : ५५ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार