फूलमालासहित रिहाइ भए महरा, डिल्लिबजार कारागारमा भव्य स्वागत ( फोटोफिचर ) « Khabarhub

फूलमालासहित रिहाइ भए महरा, डिल्लिबजार कारागारमा भव्य स्वागत ( फोटोफिचर )


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयासको अभियोगमा अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलबाट रिहा भएका छन् ।

डिल्लीबजार कारागारबाट रिहाइ हुँदा उनलाई डिल्लिबजार कारागरा बाहिर भव्य स्वागत गरिएको छ । डिल्लीबजार कारागार बाहिर उनको स्वागतका लागि ठूलो भीड जम्मा भएको थियो ।

महराका परिवार र आफन्तसँगै नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कारागारअगाडि जम्मा भएका हुन्। महरालाई उनीहरुले फूलमाला लगाइदिएका थिए ।

रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे । उनको स्वागतका लागि राष्ट्रिय झण्डासहित शुभचिन्तकहरु डिल्लिबजार कारागार पुगेका थिए ।

उनलाई आज काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : ५५ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको