अदालतको सफाइसँगै महरामाथिको निलम्बन फुकुवा « Khabarhub

अदालतको सफाइसँगै महरामाथिको निलम्बन फुकुवा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा अदालतबाट सफाइ पाएसँगै पूर्वसभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयबाट लागेको निलम्बन फुकुवा हुने भएको छ ।

फौजदारी अभियोग लागेसँगै संघीय संसद सचिवालयले महराले सांसदको रुपमा पाउने सेवा सुविधा रोक्का गरेको थियो ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम २४४ को उपनियम (३) मा कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा वा अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा त्यस्ता सांसदको सेवा सुविधा रोक्का हुने तथा संसदको हैसियतमा कुनै पनि काम गर्न नपाउने व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम २४४ को उपनियम (३) मा भनिएको छ– ‘कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छनै र त्यस्तो अवधिभर निजका पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ ।’

नेपाल बार एसोशिएसन का अध्यक्ष चण्डेश्वर श्रेष्ठ महराले आफूमाथि लागेको फौजदारी अभियोगको मुद्दामा सफाइ पाइसकेका कारण अब सांसदको रुपमा उनी पुरानै अवस्थामा फर्किएको बताउँछन् ।

‘उहाँलाई जुन अभियोग लागेको थियो, त्यसबाट उहाँले सफाइ पाइसक्नुभयो । अभियोग प्रमाणित नभएपछि सांसदका रुपमा उहाँले पूरानै अवस्थामा काम गर्न पाउनुहुन्छ,’ बार एसोशिएसन का अध्यक्ष श्रेष्ठले खबरहबसँग भने, ‘सभामुखबाट उहाँले आफैं राजीनामा दिनुभएको हो । सांसद पदबाट भने राजीनामा दिनुभएको थिएन । सांसदको रुपमा काम गर्न कानूनी रुपमा उहाँलाई कुनै खड्चन छैन ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : १२ बजे

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६

अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो

काठमाडौं– सरकारले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ। अर्थमन्त्री

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी

साहित्यकार खगिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’  

काठमाडौं‍– तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक

सार्वजनिक जग्गाको बहानामा गरिबमाथि धरपकड गर्ने सरकारसँगै छैन हदभन्दा बढी लिनेको तथ्यांक

काठमाडौं– शनिबारदेखि देशका केही ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूको बस्ती