महरा कारागारबाट रिहाइ हुँदा जे देखियो (फोटो फिचर) « Khabarhub

महरा कारागारबाट रिहाइ हुँदा जे देखियो (फोटो फिचर)


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार आरोपमा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लिबजार कारागारबाट रिहाइ हुँदा बाहिर शुभचिन्तकहरुको बाक्लो भीड लागेको थियो ।

उनी कारागारबाट रिहा भएपछि छोटो प्रतिक्रिया दिँदै महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे ।

उनले कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

डिल्लीबजार कारागारबाट रिहाइ हुँदा उनलाई डिल्लिबजार कारागरा बाहिर उनको भव्य स्वागत गरिएको छ । महराका परिवार र आफन्तसँगै नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कारागार अगाडि जम्मा भएका थिए । महरालाई उनीहरुले फूलमाला लगाइदिए ।

उनलाई आज काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलाशले सोमबार सफाइ दिएको थियो।

संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : ३९ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा