महरा कारागारबाट रिहाइ हुँदा जे देखियो (फोटो फिचर) « Khabarhub

महरा कारागारबाट रिहाइ हुँदा जे देखियो (फोटो फिचर)


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार आरोपमा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लिबजार कारागारबाट रिहाइ हुँदा बाहिर शुभचिन्तकहरुको बाक्लो भीड लागेको थियो ।

उनी कारागारबाट रिहा भएपछि छोटो प्रतिक्रिया दिँदै महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे ।

उनले कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

डिल्लीबजार कारागारबाट रिहाइ हुँदा उनलाई डिल्लिबजार कारागरा बाहिर उनको भव्य स्वागत गरिएको छ । महराका परिवार र आफन्तसँगै नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कारागार अगाडि जम्मा भएका थिए । महरालाई उनीहरुले फूलमाला लगाइदिए ।

उनलाई आज काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलाशले सोमबार सफाइ दिएको थियो।

संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : ३९ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै