जेलबाट छुट्नासाथ महरालाई प्रचण्डले दिए बधाई « Khabarhub

जेलबाट छुट्नासाथ महरालाई प्रचण्डले दिए बधाई


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार मुद्दामा सफाई पाएका निवर्तमान कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

डिल्लिबजार कारागारबाट रिहा भएलगत्तै अध्यक्ष प्रचण्डले फोन गरेर महरालाई बधाई दिएका हुन् ।

कारागार परिसर भित्रै बिदाइमा रहेका बेला महरालाई प्रचण्डको फोन आएको हो । फोनमा प्रचण्डले अदालतबाट सफाइ पाएकोमा बधाई दिएका हुन् ।

जेलबाट छुटेका महरालाई कडा सुरक्षाबीच उनको निवास लगेको छ । उनले यो प्रकरणमा भोलि पत्रकार सम्मेलन गरेर बोल्ने जानकारी दिएका छन्।

डिल्लीबजार कारागारबाट रिहाइ हुँदा उनलाई डिल्लिबजार कारागरा बाहिर भव्य स्वागत गरिएको छ । डिल्लीबजार कारागार बाहिर उनको स्वागतका लागि ठूलो भीड जम्मा भएको थियो ।

महराका परिवार र आफन्तसँगै नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कारागारअगाडि जम्मा भएका हुन्। महरालाई उनीहरुले फूलमाला लगाइदिएका थिए ।

रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे । उनको स्वागतका लागि राष्ट्रिय झण्डासहित शुभचिन्तकहरु डिल्लिबजार कारागार पुगेका थिए ।

उनलाई आज काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : ५६ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग