पैसा चोरिने खतरा उच्च, थाहा पाइराख्नोस तपाईको कार्ड कति सुरक्षित « Khabarhub

पैसा चोरिने खतरा उच्च, थाहा पाइराख्नोस तपाईको कार्ड कति सुरक्षित


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको संक्रमणलाई आधार बनाएर ह्याकरहरुले पैसा चोर्ने खतरा उच्च भएको खुलेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) लाई ट्रयाक गर्नका लागि विश्वभरका विभिन्न अर्गानाइजेशनहरुले रियलटाइम म्याप्स वा ड्याशबोर्ड बनाएका छन ।

यसैको फाइदा उठाउँदै ह्याकरहरुले यूजरहरुको जानकारीलाई चोर्न लागि परेको रिजन ल्याव्स्को सेक्योरिटी रिर्सचर शाई अल्फासीले जनाएको छ ।

ह्याकरहरुले यस प्रकारका म्याप्सलाई अरुको जानकारीहरु चोर्नका लागि प्रयोग गरिरहेको अल्फासीले दावी गरेको छ ।

यस तरिकाबाट ह्याकरहरुले युजरहरुको प्राईभेट जानकारीहरु जस्तो यूजर नेम, पासवर्ड, क्रेडिट कार्ड नम्वर र ब्राउजर हिस्ट्री चोर्न सक्नेछन्।

ह्याकरहरुले भाइरसको सहारा लिएर यूजरहरुलाई टार्गेट गरेको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्तै प्रकारको घटनाहरु भएका थिए ।

सामान्य रुपमा ह्याकरहरुले कोरोनाभाइरससँग जोडिएको वेबसाइट तयार गर्ने गर्दछन र युजरलाई रियल टाइम ट्रयाकिंग गर्ने बाचा गर्ने गर्दछन ।

उनिहरुले यस्ता वेबसाइटको कारणले यूजरहरुले आफ्नो सिस्टममा म्याप्स डाउनलोड गर्नुपर्ने आवस्यकता नै पर्दैन । यसले सिधै यूजरको कोभिड–१९ फैलिएको म्याप देखाउँछ ।

कोरोनाभाइरसको लागी बनाइएको म्याप्सको सहायतामा अट्याकरहरुले बाइनरी फाइल्स जेनेरेट गर्ने गर्दछन र यूजरको कम्प्युटरमा इन्स्टल गर्दछन । टिएनडब्ल्युको एक रिर्पोट अनुसार यी वेबसाइटहरु कोरोनाभाइरस ट्रयाक गर्ने टूल जस्तो नै देखिने गर्दछन ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ५९ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५