गर्भवतीलाई अण्डा, सुत्केरीलाई घिउ : घरमा सुत्केरी हुने शून्य « Khabarhub

गर्भवतीलाई अण्डा, सुत्केरीलाई घिउ : घरमा सुत्केरी हुने शून्य


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- शिवराज नगरपालिका–१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो ।

वडा कार्यालयले उनलाई एक क्यारेन्ट अण्डा र गर्भ स्याहारसम्बन्धी तालिम दियो । तालिमपछि उनी अहिले दैनिकी एउटा अण्डा खाने गर्छिन ।

पहिलो पटक वडाले सहयोग गरेको र त्यसपछि घरपरिवारले नै अण्डा ल्याइदिने गरेको उनले बताए । त्यस्तै १५ दिने सुत्केरी हरिकला बेल्वासेलाई वडाध्यक्षले घरमै गएर घ्यु, मह र पौष्टिक पाउडर दिए भने स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच पनि गरे । आफू र बच्चालाई वडाले गरेको सहयोगप्रति उनी खुशी छन् ।

शिवराज नगरपालिका–१ का ६० जना गर्भवतीलाई वडा कार्यालयले प्रतिमहिला एक क्यारेट अण्डा र तालीम दिएको छ ।

गर्भवतीलाई स्वस्थ राख्नका लागि अण्डा तथा तालिम प्रदान गर्न नगरले प्रतिवडा ५० हजार रकम विनियोजन गरेको छ ।

नगरमा रहेका ११ वडामध्ये गर्भवतीलाई कोसेली दिने पहिलो वडा बनेको छ । वडामा रहेका सबै गर्भवतीसँग स्वास्थ्यकर्मी सम्पर्कमा रहेको वडाध्यक्ष जगत क्षेत्रीले जानकारी दिए । स्वस्थ बच्चा जन्माउन पौष्टिक आहार र स्याहारसुसारमा विशेष ध्यान परिवारले दिनुपर्ने उनले बताए ।

त्यस्तै वडाले माघ महिनामा १४ जना सुत्केरीलाई आधा किलो घ्यू, आधा किलो मह र एक प्याकेट पौष्टिक पाउडरसहित घरमै गएर स्वास्थ्य जाँच गरेको छ ।

गत फागुन महिनामा १६ जना सुत्केरीलाई उक्त आहार वितरण गरिएको हो । वडा कार्यालय र शिवपुर स्वास्थ्यचौकीको सहकार्यमा सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए ।

पछिल्लो समय घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्य रहेको उनले बताए । ‘पहिला स्वास्थ्य स्वेयम्सेविकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा ल्याउने गर्नुहुन्थ्यो अहिल आफैँ आउनुहुन्छ’ प्रमुख पौडेलले भने, ‘उमेर पुगेका महिला रहेकाले मातृ मृत्युदर पनि कम छ ।’

वडा कार्यालयले वडाभित्र रहेका गर्भवतीका घरमा हरियो झण्डा कार्यक्रमसमेत लागू गरेको छ । वडाभित्र रहेका सबै गर्भवतीको घरमा हरियो झण्डा फरफराइरहेको हुन्छ ।

गर्भवतीको पहिचान गर्न सहज होस् भन्ने उद्देश्य उक्त कार्यक्रम लागू गरेको हो । गर्भवती, सुत्केरीलाई लक्षित गरी वडाले विभिन्न कार्यक्रम गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ०३ बजे

लाङटाङ क्षेत्रमा बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाँच यात्रु र पाइलट

काठमाडौं– मुस्ताङ हेलिको एउटा हेलिकप्टर शुक्रबार दिउँसो रसुवाको लाङटाङ क्षेत्र

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको