गर्भवतीलाई अण्डा, सुत्केरीलाई घिउ : घरमा सुत्केरी हुने शून्य « Khabarhub

गर्भवतीलाई अण्डा, सुत्केरीलाई घिउ : घरमा सुत्केरी हुने शून्य


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- शिवराज नगरपालिका–१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो ।

वडा कार्यालयले उनलाई एक क्यारेन्ट अण्डा र गर्भ स्याहारसम्बन्धी तालिम दियो । तालिमपछि उनी अहिले दैनिकी एउटा अण्डा खाने गर्छिन ।

पहिलो पटक वडाले सहयोग गरेको र त्यसपछि घरपरिवारले नै अण्डा ल्याइदिने गरेको उनले बताए । त्यस्तै १५ दिने सुत्केरी हरिकला बेल्वासेलाई वडाध्यक्षले घरमै गएर घ्यु, मह र पौष्टिक पाउडर दिए भने स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच पनि गरे । आफू र बच्चालाई वडाले गरेको सहयोगप्रति उनी खुशी छन् ।

शिवराज नगरपालिका–१ का ६० जना गर्भवतीलाई वडा कार्यालयले प्रतिमहिला एक क्यारेट अण्डा र तालीम दिएको छ ।

गर्भवतीलाई स्वस्थ राख्नका लागि अण्डा तथा तालिम प्रदान गर्न नगरले प्रतिवडा ५० हजार रकम विनियोजन गरेको छ ।

नगरमा रहेका ११ वडामध्ये गर्भवतीलाई कोसेली दिने पहिलो वडा बनेको छ । वडामा रहेका सबै गर्भवतीसँग स्वास्थ्यकर्मी सम्पर्कमा रहेको वडाध्यक्ष जगत क्षेत्रीले जानकारी दिए । स्वस्थ बच्चा जन्माउन पौष्टिक आहार र स्याहारसुसारमा विशेष ध्यान परिवारले दिनुपर्ने उनले बताए ।

त्यस्तै वडाले माघ महिनामा १४ जना सुत्केरीलाई आधा किलो घ्यू, आधा किलो मह र एक प्याकेट पौष्टिक पाउडरसहित घरमै गएर स्वास्थ्य जाँच गरेको छ ।

गत फागुन महिनामा १६ जना सुत्केरीलाई उक्त आहार वितरण गरिएको हो । वडा कार्यालय र शिवपुर स्वास्थ्यचौकीको सहकार्यमा सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए ।

पछिल्लो समय घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्य रहेको उनले बताए । ‘पहिला स्वास्थ्य स्वेयम्सेविकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा ल्याउने गर्नुहुन्थ्यो अहिल आफैँ आउनुहुन्छ’ प्रमुख पौडेलले भने, ‘उमेर पुगेका महिला रहेकाले मातृ मृत्युदर पनि कम छ ।’

वडा कार्यालयले वडाभित्र रहेका गर्भवतीका घरमा हरियो झण्डा कार्यक्रमसमेत लागू गरेको छ । वडाभित्र रहेका सबै गर्भवतीको घरमा हरियो झण्डा फरफराइरहेको हुन्छ ।

गर्भवतीको पहिचान गर्न सहज होस् भन्ने उद्देश्य उक्त कार्यक्रम लागू गरेको हो । गर्भवती, सुत्केरीलाई लक्षित गरी वडाले विभिन्न कार्यक्रम गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ०३ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ