पनौतीमा अनिश्चितकालीन कर्फ्यू « Khabarhub

पनौतीमा अनिश्चितकालीन कर्फ्यू


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। बिहान ९ बजेदेखि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

सोमबार पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा राति प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

झडपकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनकैबीचबाट अज्ञात व्यक्तिले ८ बजेतिर गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा ४ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।

यो घटना सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यू लगाएको हो ।

बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।

त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । मङ्गलबार बिहानैदेखि भेला भएका स्थानीयबासीले टिप्पर चलाउन रोक लगाएका छन् ।

रोशी गाउँपालिका—६ का टिप्परका चालक नबराज थापा प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ५६ बजे

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम– मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी