कोरोना भाइरसको कहर, मलेसिया १४ दिनका लागि ‘लकडाउन’ « Khabarhub

कोरोना भाइरसको कहर, मलेसिया १४ दिनका लागि ‘लकडाउन’


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को थप संक्रमण फैलिन नदिन मलेसिया सरकारले १४ दिनका लागि देशका प्राय सबै भाग ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।

मलेसियाका प्रधानमन्त्री मुहिदिन यासिनले एक टेलिभिजन सम्बोधनमार्फत बुधबारदेखि लागू हुने गरी १४ दिनका लागि लकडाउन गर्ने निर्णय भएको जानकारी दिए ।

१४ दिनका लागि मलेसियाले कुनै पनि विदेशीलाई प्रवेश गर्न दिने छैन । यस्तै, आफ्ना देशका नागरिकलाई पनि जरुरी र अत्यावश्यक काम बाहेक अन्य अवस्थामा बाहिर घुम्न रोक लगाइने छ । मलेसियाका नागरिकलाई देश बाहिर जान पनि रोक लगाइएको प्रधानमन्त्री यासिनले बताएका छन् ।

मलेसियाले सबै शैक्षिक संस्थाहरु बन्द गरेको छ । साथै, कुनै पनि भेला, खेलकुद प्रतियोगिता र धार्मिक गतिविधिहरु गर्न पाइने छैन ।

पछिल्ला २ दिनमा मात्रै मलेसियामा ३१५ जना नयाँ व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । मलेसियामा सोमबारसम्म ५५३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १२ : ०९ बजे

गायिका सुनिता दुलालले गरिन इङ्गेजमेन्ट

काठमाडौं – लोकप्रिय गायिका सुनिता दुलालले लामो समयदेखिको प्रेम सम्बन्धलाई

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा – मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ

शङ्कर पोखरेल भन्छन्ः सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सामाजिक

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत