कोरोनाले खोस्दैछ ५ करोड मानिसको रोजगारी, चीनमा लगानी गर्नेहरु टाट पल्टिए « Khabarhub

कोरोनाले खोस्दैछ ५ करोड मानिसको रोजगारी, चीनमा लगानी गर्नेहरु टाट पल्टिए


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका कारण पुरा विश्व तनावमय बनेको छ । विश्वभरका सयौं चर्चित शहरमा लक डाउन गरिएको छ ।
हजारौ शहरमा यातायात रोकिएको छ । ठूला ठूला एयरपोर्ट समेत बन्द भएका छन् ।

मानिसहरु यात्रा गर्न छाडेका छन् । कैयौं मानिस संक्रमणको डरका कारण घर बाहिर समेत निस्किन छाडेका छन् ।

अधिकाशं ठूला ठूला अन्तर्राष्ट्रिय सेमिनार, कार्यक्रम, खेल, बैठक लगायतका धेरै कार्यक्रम समेत रद्ध भएका छन् । तर यि सबैका कारण अझ भनौं कोरोनाका कारण सबैभन्दा बढि क्षति कसलाई भएको होला ?

कोरोना संक्रमणले विश्वभर महामारीको रुप लिदाँ यसको सबैभन्दा बढि क्षति पर्यटन क्षेत्रमा भएको छ । पर्यटन ब्यवसायमा आवद्ध विश्वभरका करिब ५ करोड मानिस कोरोना भाइरसका कारण बेरोजगार बन्ने भएका छन् ।

वर्ल्ड ट्राभल एण्ड टूरिजम काउन्सिल (WTTC) को सुचनालाई आधार मानेर ब्लूमबर्ग इकोनोमिक्स दिएको जानकारी अनुसार अहिले सैयौं विमान ग्राउण्डेड भएका छन् । दर्जनौ पानी जहाज बन्द भएका छन् ।

डब्लुटीटीसीका म्यानेजिंग डाइरेक्टर वर्जिनिया मेसिनाका अनुसार सन् २०२० मा जोडिएका २५ प्रतिशत बुकिगं क्यान्सिल भइसकेका छन् । जसका कारण पर्ययन क्षेत्रमा सबैभन्दा बढि क्षति भएको हो । जानकारी अनुसार यसरी बुकिगं क्यान्सिल भए पश्चात टुर एण्ड ट्राभल कम्पनीहरु डुब्ने संघारमा छन् ।

डब्लुटीटीसीका अनुसार यस रोगको कारण विश्वभर पर्यटन क्षेत्रमा कार्यरत १६ प्रतिशत मानिसको रोजगारी खोसिने छ । अर्थात कोरोना भाइरसका कारण करिब ५ करोड मानिसको रोजगार खतरामा परेको छ ।

सन् २०१८ मा जारी भएको पर्यटन तथ्यांक अनुसार विश्वभर ३१९ मिलियन अर्थात ३१ करोड भन्दा बढि मानिस पर्यटन क्षेत्रमा कार्यरत थिए ।

वर्जिनिया मेसिनाका अनुसार पर्यटन क्षेत्रमा सबैभन्दा बढि क्षति बेहोर्ने कम्पनी र ब्यक्तिहरु चीनका पर्यटकीय क्षेत्र वा स्थलमा लगानी लगाउनेहरु रहेका छन् ।

डब्लुटीटीसीको अध्ययन अनुसार कोरोना भाइरसका कारण पर्यटन उद्योगमा ९० भन्दा बढि समस्या आउने छ । जसबाट उकासिन पर्यटन क्षेत्रलाई अब करिब १० महीना भन्दा बढि समय लाग्नेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  २ : ०६ बजे

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन