इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा « Khabarhub

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

लन्डन– इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बेहोस अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको छ ।

द टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा कूटनीतिक मेमोमा आधारित खुफिया मूल्याङ्कन उद्धृत गर्दै खामेनेईको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । उक्त मेमो अमेरिका र इजरायलका खाडी क्षेत्रीय साझेदारहरूसँग साझा गरिएको गोप्य सूचनामा आधारित रहेको जनाइएको छ ।

प्रतिवेदनअनुसार खामेनेई कोममा उपचाररत रहेको र उनी हाल शासनका कुनै पनि निर्णय प्रक्रियामा संलग्न हुन नसक्ने अवस्थामा रहेको उल्लेख गरिएको छ । सो मेमोले पहिलोपटक उनको ठ्याक्कै स्थानसमेत खुलाएको दाबी गरिएको छ ।

यस विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीलाई समेत जानकारी रहेको जनाइएको छ । वासिङ्टनस्थित इरानको प्रतिनिधित्वसँग पनि यसबारे सम्पर्क गरिएको उल्लेख गरिएको छ, जसले पाकिस्तानस्थित दूतावासमार्फत काम गर्दै आएको बताइएको छ ।

पश्चिम एसियामा द्वन्द्व सुरु भएयता खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन्। उनको नाममा जारी गरिएका सन्देशहरू भने इरानी सरकारी सञ्चारमाध्यममार्फत प्रसारित भइरहेका छन् ।

त्यसैबीच, सोही प्रतिवेदनमा खामेनेईको सम्भावित निधनलाई ध्यानमा राख्दै कोममा अन्त्येष्टि तयारीसमेत सुरु गरिएको उल्लेख गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।

यस घटनाक्रमबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले मङ्गलबार राति ८ बजे (पूर्वी समय) सम्म सम्झौतामा नआए पूर्वाधारमा गम्भीर असर पर्ने चेतावनी दिए ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यो अवस्थालाई ‘महत्त्वपूर्ण अवधि’ का रूपमा वर्णन गरे । उनका अनुसार इरानले थप समय मागेपछि १० दिनको समय दिइएको थियो, जसको अन्तिम समय अब नजिकिएको छ ।

‘उनीहरूसँग भोलिसम्म समय छ, त्यसपछि के हुन्छ हेर्नु पर्नेछ’, उनले भने, ‘यदि सम्झौता भएन भने उनीहरूसँग कुनै पुल रहने छैन, कुनै पावर प्लान्ट रहने छैन र अवस्था झन् खराब हुनेछ ।’

ट्रम्पले फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्व सन्दर्भमा आफूले सुरुमा बलियो इरानको सामना गर्नुपरेको भए पनि अहिले अवस्था बदलिएको दाबी गरे। उनले विगतका अमेरिकी प्रशासनहरूले समयमै कदम नचालेको टिप्पणी गर्दै अहिलेको रणनीति ढिलो भए पनि आवश्यक भएको बताए ।

‘हामी ४७ वर्षदेखि यिनीसँग व्यवहार गर्दै आएका छौँ’, उनले भने, ‘पहिले नै कदम चालिएको भए अवस्था फरक हुन सक्थ्यो, तर अहिले पनि हामी आवश्यक निर्णय लिइरहेका छौँ ।’

यो घटनाक्रमले इरानको आन्तरिक नेतृत्व, क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा थप जटिलता थप्ने सङ्केत देखिएको छ । रासस
 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १२ : ३४ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका