दुबई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

दुबई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकर्षक तलब पाउने गरी वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भएका ३८ वर्षी शिव कुमार घर्ती मगर छन् ।

उनले दुबईमा आकर्षक तलब पाउने गरी वर्किङ भिसामा पठाइदिने भन्दै विभिन्न ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ उठाएका थिए ।

लामो समयसम्म पनि भिसा नलागेपछि रकम बुझाएका युवाहरुले आफूहरु ठगिएको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

पीडित युवाहरुको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले मगरलाई काठमाडौंको गोंगबु चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मगरमाथि थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १ : १७ बजे

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई

एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे

काठमाडौं– नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई