दुबई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ | Khabarhub Khabarhub

दुबई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकर्षक तलब पाउने गरी वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भएका ३८ वर्षी शिव कुमार घर्ती मगर छन् ।

उनले दुबईमा आकर्षक तलब पाउने गरी वर्किङ भिसामा पठाइदिने भन्दै विभिन्न ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ उठाएका थिए ।

लामो समयसम्म पनि भिसा नलागेपछि रकम बुझाएका युवाहरुले आफूहरु ठगिएको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

पीडित युवाहरुको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले मगरलाई काठमाडौंको गोंगबु चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मगरमाथि थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १ : १७ बजे

प्रहरी प्रभाग बुङ्गमतीको भवन हस्तान्तरण

पाटन– गत भदौ २४ गतेको जेन-जी आन्दोलनमा क्षति पुर्‍याइएको प्रहरी

पुनर्निर्माण गरिएको ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको

जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह

गण्डकी– गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र

किस्ट अस्पतालमा भएको तोडफोडप्रति चिकित्सक सङ्घको आपत्ति, तत्काल कानुनी कारवाही गर्न माग 

काठमाडौं– किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक र

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

म्याग्दी– मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार