म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाली कम्पनीको लगानी « Khabarhub

म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाली कम्पनीको लगानी


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धौलागिरी– म्याग्दीको धौलागिरि गाउँपालिकामा निर्माण हुन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रोभिलज प्रालि र सेर्वा दिनामिकबीच शेयर खरिद, इञ्जिनीयरिङ, निर्माण र उत्पादन (इपिसिसी) मा सहभागी हुने सम्झौता भएको हो । मलेशियाको सेर्वा दिनामिक होल्डिङ्स बर्हाडको सहायक कम्पनी सेर्वा दिनामिकले परियोजनाको सञ्चालन तथा मर्मत पनि गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा सेर्वा दिनामिकका तर्फबाट डा इर मोहम्मद अब्दुल करिम बिन अब्दुल्लाह तथा हाइड्रोभिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरेका छन् । सेर्वा दिनामिकअन्तर्गतका कम्पनीको समूहमा अन्तर्राष्ट्रिय ऊर्जा सेवा प्रदायक पनि छ जसले विश्वका विभिन्न पाँच क्षेत्रमा इञ्जिनीयरिङ सेवादेखि सञ्चालन तथा मर्मत, खरिद, निर्माण र उत्पादन गर्दै आएको छ ।

दश करोड अमेरिकी डलर लागत अनुमान गरिएको म्याग्दी खोलाको २०७५ असोज पहिलो हप्ता नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । पाँच वर्षमा विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ ।

आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा आठ रुपैयाँ ४० पैसा र वर्षात्मा चार रुपैयाँ ८० पैसाका दरले खरिद गर्नेछ । म्याग्दी खोलामा नदी प्रवाही (आरओआर) आयोजनाको बाँध धौलागिरि गाउँपालिका–४ मुदीको दोभान र विद्युत्गृह बगरको जेल्तलुङमा प्रस्ताव गरिएको छ ।

बाँधसम्म पुग्न कल्लेनीदेखि २४ किलोमिटर पहुँचमार्ग खन्नुपर्छ । अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउराको भिरसम्म पहुँचमार्ग खन्न शुरु गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा निर्माण हुन लागेको सवस्टेशनबाट १३२ केभी प्रसारण लाइनमा जोडिने छ ।

प्राधिकरणले डाँडाखेतमा सवस्टेशनसँगै त्यहाँदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटसम्म प्रसारण लाइन र राहुघाटमा अर्को सवस्टेशन निर्माणको प्रक्रिया अघि बढाएको छ । आयोजनाले पहुँचमार्ग विस्तारपछि साढे तीन वर्षमा आयोजना बनाउन सकिन्छ । आयोजनाले ३३ करोड ५९ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १ : ५८ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको