पहिलोपटक मानवमा यसरी गरियो कोरोना भाइरसको खोप परीक्षण (फोटोफिचर) « Khabarhub

पहिलोपटक मानवमा यसरी गरियो कोरोना भाइरसको खोप परीक्षण (फोटोफिचर)


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्शिटन– कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । अमेरिकाको वाशिंटन राज्यस्थित सिएटल शहरमा रहेको कैजर पर्मनेन्ट वाशिंटन हेल्थ रिसर्च इन्टिच्युटमा ४ जनालाई खोपको मात्रा दिइएको थियो ।

कोरोना भाइरसको खोप पाउने पहिलो व्यक्ति भने ४३ वर्षे महिला बनेकी छिन् । दुई सन्तानकी आमा जेनिफर हलरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएकी हुन् । उनले खोप परीक्षण गर्न पाउँदा आफू खुशी भएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि यो खोपले काम गर्ने नगर्ने स्पष्ट हुन भने धेरै महिना लाग्नसक्ने र खोप सार्वजनिक रुपमा उपलब्ध हुन १८ महिनासम्म लाग्नसक्ने खोप विकास गरेका वैज्ञानिकहरुले बताएका छन् ।

यो खोपको विकास अमेरिकाको स्वास्थ्य प्रतिस्ष्ठानको आर्थिक सहयोगमा मोडेर्ना नामक कम्पनीले गरेको हो ।

मानवमा खोप परीक्षणका लागि ४५ जना स्वयंसवी छनौट गरिएको छ भने उनीहरुलाई खोपको विभिन्न मात्रा दिइनेछ ।

 

 

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  २ : २७ बजे

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर