कोरोनाको संक्रमण रोक्न पोखराको लेकसाइडमा सहायता कक्ष निर्माण « Khabarhub

कोरोनाको संक्रमण रोक्न पोखराको लेकसाइडमा सहायता कक्ष निर्माण


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क (सहायता कक्ष) स्थापना गरेको हो । पोखरा महानगरपालिकाले लेकसाइडस्थित बाराहीचोकमा डेस्क स्थापना गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

गुरुङले लेकसाइड पर्यटकको प्रमुख केन्द्र भएकाले स्वास्थ्य सतर्कताका लागि हेल्थ डेस्क राखिएको बताइन् । हेल्थ डेस्कमा कोरोनाको लक्षण, बच्ने उपायलगायतका बारेमा स्वास्थ्यकर्मीसहित सचेतनामूलक जानकारी गराइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । यसअघि पोखरा महानगरले पोखरा विमानस्थलमा पनि डेल्थ डेस्क स्थापना गरिसकेको छ । महानगरका विभिन्न वडामा जनप्रतिनिधि एवं सामाजिक सङ्घ संस्थाले कोरोनाविरुद्धको सचेतना कार्यक्रमलाई तीव्रता दिएका छन् ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेशसभा सदस्यलगायतले पोखरामा विभिन्न स्थानमा सचेतनाका लागि पर्चा पम्लेट वितरण गर्दै स्वास्थ्य सतर्कता अभियानालाई जोड दिँदै आएका छन् ।

प्रदेशका कोभिड सङ्क्रमणको लिइएका परीक्षणमा अहिलेसम्म कसैको पनि सङ्क्रमण भएको नपाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिइन् । उनले कोरोना सङ्क्रमण रोक्न प्रदेशभित्र ८० श्यया आइसोलेसन वार्ड तयार गरिएको र उपचारको तयारीका लागि १२ वठा समिति गठन गरिएको बताइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : ४७ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले