प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणसम्बन्धी सूचना माग गर्दै आरटीआई दर्ता « Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणसम्बन्धी सूचना माग गर्दै आरटीआई दर्ता


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा सूचना माग गर्दै दुई अधिवक्ताले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सूचनाको हकसम्बन्धी निवेदन (आरटीआई) दर्ता गराएका छन् ।

वरिष्ठ अधिवक्ताद्वय  बालकृष्ण न्यौपाने र डा सुरेन्द्र भण्डारीले सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेअनुसार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा टिचिङ अस्पतालसँग सूचना माग गरेका हुन् ।

अधिवक्ताद्वय न्यौपाने र भण्डारीले प्रधानमन्त्री ओलीले अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको मिति, मिर्गौला दिने व्यक्तिको परिचय, मिर्गौला दिने र लिनेबीचको नाता के हो ? भनेर सूचना दिन माग गरेका छन् ।

अधिवक्ताद्वय न्यौपाने र भण्डारीले अस्पताललाई दिएको निवेदनमा मिर्गौला प्रत्यारोपणको विषयमा मिर्गौला दिने दाता र ग्रहणकर्ताबीच प्रस्तुत भएको दस्तावेज समेत खोजी गरेका छन् ।

अस्पतालाई सूचना उपलब्ध गराउन माग गरिएको सूचनामा नाता प्रमाणितमा भएको दस्तावेज र मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको नामावली समेत मागेका छन् ।

प्रधानमन्त्री ओलीको फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समिक्षा संग्रौला प्रधानमन्त्री ओलीकी भान्जी नाता पर्ने अस्पतालले जनाएको छ । अस्पतालले संग्रौला र प्रधानमन्त्री ओली मामा भान्जी भएको बताए पनि अधिवक्ताद्वय न्यौपाने र भण्डारीले नाता प्रमाणको विवरण माग गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ४ : ४७ बजे

चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक

काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत