मलेसियामा कोरोनाका कारण पहिलो पटक दुई जनाको मृत्यु « Khabarhub

मलेसियामा कोरोनाका कारण पहिलो पटक दुई जनाको मृत्यु


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– कोरोना भाइरस कारण मलेसियामा पहिलो पटक दुई जनाको ज्यान गएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले मुलुकमा मंगलबार दुई जनाको ज्यान गएको पुष्टि गरेको हो ।

मलेसियाका सञ्चारमाध्यमका अनुसार सारावाक राज्यको राजधानी कुचिङ शहरमा एकजना ६० वर्षे व्यक्तिको ज्यान गएको जनाएका छन् । उनी स्थानीय इम्मानुएल बाप्टिस्ट चर्चका पादरी रहेको जनाइएको छ । उनको मंगलबार ११ बजे ज्यान गएको हो ।

त्यसबाहेक जोहोर राज्यान पनि अर्का व्यक्तिको ज्यान गएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा ३४ वर्षे युवा छन् । उनको मंगलबार नै स्थानीय पेर्माई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मलेसियामा हालसम्म ६ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । दक्षिणपूर्वी एसियामा मलेसियामा सबैभन्दा धेरै मानिसहरुमा कोरोनाको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ५ : ४३ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै