काभ्रेको पनौतीमा कर्फ्यू हट्यो « Khabarhub

काभ्रेको पनौतीमा कर्फ्यू हट्यो


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीमा लगाएको कर्फ्यू हटाएको छ । मंगलबार राति ८ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाइएको हो ।

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्करबाट खानीखोला गाउँपालिकाकी ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

घटनालाई लिएर स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।

बनेपाबाट पनौतीतर्फ गएको टिप्परले किचेको छोरी स्मारिका भ्लोनलाई बचाउन खोज्दा आमाको पनि मृत्यु भएकोमा चालक रोशी गाउँपालिका–२ का ३६ वर्षीय नवराज थापालाई पक्रेर कानून बमोजिम हदैसम्मको कार्वाही र मृतकको हकदारले कानूनबमोजिम पाउनुपर्ने क्रिया खर्च, क्षतिपूर्तिसमेत दिलाउन पीडितले जाहेरी दिएपछि शवपरीक्षणको प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले पीडित पक्षले दिएको जाहेरीका आधारमा शवपरीक्षणको प्रक्रिया र पीडकलाई कार्वाहीको प्रक्रिया अगाडि बढाएको बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ४७ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली