विद्यार्थी सङ्गठनले कोरोनाविरुद्ध देशभर सचेतना फैलाउने « Khabarhub

विद्यार्थी सङ्गठनले कोरोनाविरुद्ध देशभर सचेतना फैलाउने


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त विद्यार्थी सङ्गठनले विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को विरुद्धमा आफ्ना समितिमार्फत देशभर सचेतना फैलाउने भएका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनको आज अनुपम फुडल्याण्डमा बसेको बैठकले विश्वमा फैलँदै गएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन आफ्नो समितिमार्फत देशभर सचेतना फैलाउने निर्णय गरेका हुन् ।

बैठकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र नेपालसँग जोडिएका खुला नाकामा अत्यावश्यक सामग्रीबाहेक मानिस आवतजावतमा रोक लगाउनुपर्ने बताएको छ ।

बैठकले कोरोना सङ्क्रमण देखिए उपचारका लागि पर्याप्त तयारी गरेर सरकार अगाडि बढ्नुपर्ने बताएको छ । विद्यार्थी सङ्गठनले धेरै भीडभाड हुने क्षेत्रमा विशेष सचेतना अपनाउन सबैलाई अनुरोधसमेत गरेका छन् ।

बैठकले उच्च माध्यमिक शिक्षा परीक्षा (एसइई) नजीक आइरहेको भन्दै परीक्षा केन्द्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

कोरोनाको नाममा त्रास फैलाई बजारमा सामान कालोबजारी हुँदै गएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले बजारको समेत अनुगमन गर्ने निर्णय गरेको छ ।

बैठकले चैत महिनामा विद्यालय सञ्चालन नहुने भएकाले विद्यार्थीको चैत महिनाको शुल्क नलिनसमेत निजी विद्यालयसँग मागसमेत गरेको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विपद्को बेला शिक्षा क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नका लागि सबै विद्यार्थी सङ्गठन एकजुट भएर अगाडि बढेको बताए ।

बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अनेरास्ववियुका संयोजक ऐन महर, राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनिष मिश्र, अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ३० बजे

एमालेमा ईश्वर पोखरेल समूह बढारिने खतरा, योगेश र गोकर्ण मात्रै सुरक्षित

काठमाडौं- नेकपा (एमाले) को ११ औँ महाधिवेशनको मतगणना परिणामअनुसार अध्यक्षका

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज

रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन

अध्यक्षमा ओली र महासचिवमा पोखरलेको अग्रता कायमै

काठमाडौं– एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार अध्यक्षमा केपी शर्मा

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ– कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा