दार्चुलामा देखिए कालाजारका बिरामी « Khabarhub

दार्चुलामा देखिए कालाजारका बिरामी


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् ।

बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।

उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल, धनगढी सिफारिस गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । मलेरिया, कालाजारजस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको संक्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखा परेको हो ।

जलवायु परिवर्तनका कारण जीवजन्तु, जिवाणु र परजिवीहरुलेसमेत बसाइसराइ गर्न थालेपछि पहाडमा कालाजारका बिरामी भेटिन थालेका छन् । तराइका जिल्लामा पाइने लामखुट्टे, भुसुनाजस्ता परजीवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लामा समेत बढ्दै गएको छ ।

दार्चुलामा २०७५ सालमा ४ जनामा कालाजारका बिरामी भेटिएका थिए । यसअघि कालाजारका कारण एक जनाको जिल्लामै ज्यान गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट टोली आएर अध्ययन समेत गरेको थियो ।

कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घटने, थकान महसुस हुने, खानामा रुची नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रंग गाढा हुँदै जानेजस्ता लक्षणहरु देखा पर्ने जिल्ला अस्पतालका चिकित्सक डा गजेन्द्र दुवाल बताउँछन् ।

कालाजार एक प्रकारको भुसुना (स्यान्ड फ्लाइ) ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा यो रोग सार्ने गर्छ । लिस्मानियाबाट संक्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो ।

यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउने जस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ११ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी