दक्षिण कोरियामा एक नेपालीलाई  ६ महिनाको जेल सजाय  « Khabarhub

दक्षिण कोरियामा एक नेपालीलाई  ६ महिनाको जेल सजाय 


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया- दक्षिण कोरियाको ईन्छन अदालतले नक्कली फोटो प्रयोग गरी ईपीएस भाषा परिक्षा दिई रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका एक नेपालीलाई ६ महिना जेल सजाय सुनाएको छ।

कोरियाको आप्रवासी नियन्त्रण ऐनको उल्लङ्घन गरेको आरोपमा ३४ वर्षीय एक नेपालीलाई ईन्छन जिल्ला अदालतका न्यायाधीश सिओक जुन ह्यप को ईजलाषले बुधवार उनलाई २ वर्ष कोरिया प्रवेशमा रोक तथा ६ महिनाको जेल सजायकाे फैसला सुनाएको हो ।

उनले २०१७ जुन महिनामा भएको ईपीएस भाषा परिक्षामा कोरियन भाषामा दख्खल ब्यक्तीलाई प्रयोग गरी कोरियन भाषा पास गरेको,फर्जी कागजात पेश गरेर कोरिया आएको ,परीक्षा दिने व्यक्ति र आफ्नो फोटोलाई फोटोशप प्रयोग गरी अनुहार सिन्थेसाईज गरेको पाईएपछी अदालतले उनलाई यस्तो सजाय सुनाएको हो।

न्यायाधीशका अनुसार उनले कोरियाको ईमिग्रेशन कन्ट्रोल एक्ट विपरीत कार्य गरेकोले यस्तो सजाय सुनाइएको बताएका छन्।

सजाय पाएका व्यक्तिको परिचय भने गोप्य राखिएको छ । यसअघि पनि नक्कली परीक्षा तथा फोटोको दुरुपयोग गरी कोरिया पुगेको अभियोगमा पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : ०२ बजे

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल