कोरोना कहर : स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि ‘र्‍यापिड टेस्ट’ गरिने « Khabarhub

कोरोना कहर : स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि ‘र्‍यापिड टेस्ट’ गरिने


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड- १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोरोनाभाइरस परीक्षण गर्ने भएको छ।

मन्त्रालयले सूचना जारी गर्दै कोभिड- १९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि र्‍यापिड डाइनोष्टिक टेष्ट (आरडीटी)बाट परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

यस्तै चैत महिनाभित्र विदेशबाट आएका सबैको आरडिटीबाट कोभिड- १९ को समेत परीक्षण गरिने भएको छ। मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि परीक्षण गर्ने सूचनामा जनाएको छ।

नेपाल कोभिड- १९ को जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट बन्दाबन्दी गरिएको छ। अहिलेसम्म नेपालमा १६ जनामा कोभिड- १९ सङ्क्रमण देखिएको छ। नेपाल कोभिड- १९ को दोस्रो चरणमा प्रवेश गरेको छ। सम्भावित सङ्क्रमण बढ्न नदिन सरकारले यही वैशाख १५ गतेसम्म लकडाउन कायम राखेको छ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : १३ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा