आर्यानले लेखे- मन लागेको गर्नुस्, तर घर बाहिर ननिस्किनुस् | Khabarhub Khabarhub

आर्यानले लेखे- मन लागेको गर्नुस्, तर घर बाहिर ननिस्किनुस्


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कारण विश्व त्रसित छ । विश्वका अधिकांश मुलुकले कोरोनाको जोखिम फैलिन नदिन लकडाउन लागू गरेका छन् ।

लकडाउनका कारण कलाकारहरु पनि घरमै थुनिएका छन् । सधै‌ सुटिङ स्थलमा क्यामेरा अगाडि व्यस्त हुने कलाकारहरु घरभित्रै रहे पनि कोरोना रोकथामका लागि आफूले गर्न सक्ने सहयोग गरिरहेका छन् ।

केहीले सरकारको राहत कोषमा रकम जम्मा गरेका छन् भने केहीले कोरोना रोकथामका लाग सचेतना फैलाइरहेका छन् ।

यो बेला सामाजिक सञ्जाल सबैभन्दा बढी प्रभावकारी देखिएको छ । अधिकांश कलाकारहरुले सामाजिक सञ्जालमा कोरोना रोकथामका लागि विभिन्न सकारात्मक सन्दे प्रवाह गर्दै आएका छन् ।

नायक आर्यन सिग्देलले सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गरेका छन् । जहाँ उनी कुटो बोकेर बारी खनिरहेको छन् ।

उनले क्याप्सनमा आफ्नो आमासँग बारीमा काम गर्दा निकै रमाइलो भइरहेको उल्लेख गरेका छन् ।

आर्यनले कोरोनाभाइरसको संक्रमणबाट जोगिन सबैलाई घर बाहिर ननिस्किन तथा भीडभाड नगर्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्– ‘आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घर बाहिर ननिस्कनुहोला ।’

उनले कोरोना भाइरसको जोखिम रोक्न आफै सुरक्षित रहनु बाहेकको विकल्न नरहेको भन्दै सबैलाई घरभित्रै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : ३९ बजे

सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन