औषधि किनेर फर्कनेलाई प्रहरीको लाठी | Khabarhub Khabarhub

औषधि किनेर फर्कनेलाई प्रहरीको लाठी


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको तेस्रो हप्ता जारी छ । अहिले लकडाउनलाई थप प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई सरकारले निर्देशन दिएको छ । जसका कारण नेपाल प्रहरीबाट नागरिकमाथि भइरहेका ज्यादतीका घटना दिनदिनै बाहिर आउन थालेका छन् ।

बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई प्रहरीले कुटपिट गरेको २४ घन्टा नबित्दै बिहीबार कलंकीमा औषधि किनेर फर्किएका तीन जनामाथि प्रहरीले लाठी बर्साएको छ।

साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिर बीचमा औषधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले अमानवीय तरिकाले लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा देखिएका मानिसले मेडिकलबाट औषधि किनेको आफूले नै देखेको बताए। ‘म अलि पहिलादेखि नै गाडी रोकेर बसेको थिएँ। प्रहरीले ती तीन जनालाई घेरा हालेर कहाँ हिँडेको भनेर सोध्यो। उनीहरूले ‘हामी औषधि किनेर आएका हौं, तपाईंलाई चाहिन्छ भने बिल पनि छ । त्यही बेला निकै रूखो बोलेर एक जना प्रहरीले उनीहरूलाई लाठीले घोचे।’

औषधि किनेर फर्किएका नागरिकलाई लाठी बर्साउने इन्स्पेक्टरसहितको उक्त टोली महानगरीय नगर प्रहरीबाट खटिएको हो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले उक्त घटनाबारे आफूले भर्खरै जानकारी पाएको र थप अनुसन्धान गरिरहेको बताए। ‘उपत्यकाका सबै प्रहरीलाई संयमित हुन निर्देशन दिएको छु,’ पोखरेलले भने।

यसअघि बुधबार साँझ प्रहरी नायब उपरीक्षकको टोलीले शिक्षण अस्पताल छेउमा डेरामा फर्किरहेका डाक्टरहरूलाई कुटपिट गरेको थियो।

उक्त कुटपिटमा संलग्न महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साललाई जिम्मेवारीमुक्त गरिएको छ भने अरू प्रहरीलाई पनि महानगरीय प्रहरी कार्यालय तानिएको छ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : ४३ बजे

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

बागलुङ– अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ

विवाहको उमेर हद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही– गैरसरकारी संस्था (गैसस) महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ