महोत्तरीमा क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट शुरु « Khabarhub

महोत्तरीमा क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट शुरु


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) शुरु भएको छ ।

जिल्लाका १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको हो ।

पहिलो दिन आरडिटी गरिएका ४५ जनामै नेगेटिभ नतिजा पाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले जानकारी दिए ।

जिल्लाका क्वारेन्टाइनमा गत चैत २० गतेबाट मात्र भारत र अन्य देशबाट आएका व्यक्ति बस्न थालेका हुँदा आरडिटी ढिलो शुरु भएको हो ।

जिल्लाको सुदूर–उत्तरवत्र्ती बर्दिवास नगरपालिकामा पनि क्वारेन्टाइन सञ्चालन हुनसकेको छैन ।

यद्यपि बर्दिवास–४ स्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीमा ५५ श्ययाको क्वारेन्टाइन केन्द्रमा १६ जना रहेका छन् ।

जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जलेश्वरको परिकौलीस्थित रणभीम गणले क्वारेन्टाइन सञ्चालन गरेका छन् ।

जिल्लामा ३४० क्वारेन्टाइन श्यया र २६ आइसोलसनकक्ष रहेका छन् । आरडिटी र पिसीआर जाँचपछि आइसोलेसनमा राखिन जलेश्वर अस्पतालमा २० र सेनाको रणभीम गणमा छ श्यया रहेका स्रोतव्यक्ति झाले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १० : ५९ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा