महोत्तरीमा क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट शुरु | Khabarhub Khabarhub

महोत्तरीमा क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट शुरु


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) शुरु भएको छ ।

जिल्लाका १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको हो ।

पहिलो दिन आरडिटी गरिएका ४५ जनामै नेगेटिभ नतिजा पाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले जानकारी दिए ।

जिल्लाका क्वारेन्टाइनमा गत चैत २० गतेबाट मात्र भारत र अन्य देशबाट आएका व्यक्ति बस्न थालेका हुँदा आरडिटी ढिलो शुरु भएको हो ।

जिल्लाको सुदूर–उत्तरवत्र्ती बर्दिवास नगरपालिकामा पनि क्वारेन्टाइन सञ्चालन हुनसकेको छैन ।

यद्यपि बर्दिवास–४ स्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीमा ५५ श्ययाको क्वारेन्टाइन केन्द्रमा १६ जना रहेका छन् ।

जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जलेश्वरको परिकौलीस्थित रणभीम गणले क्वारेन्टाइन सञ्चालन गरेका छन् ।

जिल्लामा ३४० क्वारेन्टाइन श्यया र २६ आइसोलसनकक्ष रहेका छन् । आरडिटी र पिसीआर जाँचपछि आइसोलेसनमा राखिन जलेश्वर अस्पतालमा २० र सेनाको रणभीम गणमा छ श्यया रहेका स्रोतव्यक्ति झाले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १० : ५९ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि