पुनःनिर्माण सम्बन्धी राष्ट्रिय विचार गोष्ठी स्थगित « Khabarhub

पुनःनिर्माण सम्बन्धी राष्ट्रिय विचार गोष्ठी स्थगित


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन जारी बन्दाबन्दी (लकडाउन)का कारण नेपालको पुनःनिर्माण सम्बन्धी आयोजना गर्न लागिएको राष्ट्रिय विचार गोष्ठी स्थगन गरिएको छ ।

पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको पूर्वतयारीका क्रममा यही वैशाख १० देखि १२ गतेसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौंमा राष्ट्रियस्तरको गोष्ठी आयोजना गर्ने तयारी गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण विषम परिस्थिति उत्पन्न भएकाले गोष्ठी स्थगन गरिएको सम्मेलन सचिवालयका सदस्य सचिव एवं प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

विसं २०७७ मङ्सिर १२ देखि १४ (सन् २०२० नोभेम्बर २७ देखि २९) सम्म नेपालको पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम रहेको उनले बताए । गोष्ठी स्थगनबाट पर्न गएको असुविधाप्रति प्राधिकरणले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै