मेरा कारणले मात्र फिल्म फ्लप हुने होइन: मिरुना « Khabarhub

मेरा कारणले मात्र फिल्म फ्लप हुने होइन: मिरुना


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका मिरुना मगरका लागि वर्ष २०७६ खासै सफल रहेन । उनले अभिनय गरेका फिल्म ‘चचहुई’ र ‘साइनो’ ले व्यावसायिक सफलता हात पार्न सकेनन् । त्यसो त मिरुनाले अभिनय गरेका कुनै फिल्मले राम्रो कमाइ गरेका छैनन् ।

मिरुनाले अभिनय गरेका फिल्म ‘लालपुर्जा’ र ‘रोज’ पनि फ्लप भए । मिरुना भने आफ्नो कारणले कुनै फिल्म फ्लप नभएको बताउँछिन् ।
खबरहबसँगको कुराकानीमा मिरुनाले भनिन् – ‘मेरो कारणले फिल्म फ्लप हुने होइन ।’

पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘चचहुई’ बाट मिरुना आशावादी थिइन् । तर, यो फिल्मले पनि मिरुनालाई चर्चा दिलाउन सकेन ।

‘मलाई कतिजनाले यस्तै म्यासेज गर्नुहुन्छ, तपाईंको कारणले फिल्म फ्लप भएको होइन भन्दै म्यासेज गर्नुहुन्छ,’ मिरुनाले भनिन्, ‘मैले पनि फिल्मका लागि त मेहनत गरेकै हुन्छु ।’

साथै उनले फिल्मको स्किृप्ट राम्रो लागेर फिल्ममा काम गरेको बताइन् । मिरुनाले रोजेका सबै स्किृप्टमा फिल्म चाहिँ राम्रा बन्न सकेनन् ।

मिरुना भने फिल्मी क्षेत्रमा आफ्नो करिअर राम्रो हुँदै जानेमा आशावादी छिन् । फरक टिमसँग काम गर्दा उनलाई रमाइलो पनि लागेको छ ।

‘मलाई यो क्षेत्रमा एकैपटक माथि पुगौं भन्दा पनि स्टेप बाइ स्टेप काम गर्न मन थियो, त्यही भइरहेको छ जस्तो लाग्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १२ : २४ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर