जतिबेला सञ्जय दत्त कुलतको नशामा फसेका थिए… « Khabarhub

जतिबेला सञ्जय दत्त कुलतको नशामा फसेका थिए…


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सञ्ज दत्तको जीवनमा कैयन् उतारचढाव आएका छन् । राजकुमार हिरानीले त उनको जीवनमाथि फिल्म नै बनाइदिए । ‘सञ्जु’ नामक फिल्ममा सञ्जय दत्तका जीवनका कैयन् किस्सा देखाइएको छ । फिल्ममा सञ्जय दत्तलाई नशाको लत लागेपछि के हुन्छ भन्ने पनि देखाइएको छ ।

यतिबेला भने सञ्जय दत्तले नशाको लतलाई लिएर खुलासा गरेका छन् । उनले एक कार्यक्रममा बोल्ने क्रममा ड्रग्समा फसेको समयको बारेमा बताएका छन् ।

‘यो मेरो जिन्दगीको किस्सा हो, म चाहन्नँ कि, यो अरुको जिन्दगीको किस्सा पनि बनोस्, सबै मान्छे नशाबाट टाढा रहनु आवश्यक छ,’ सञ्जय भन्छन् ।

उनले ड्रग्सले मान्छेको जीवन बरबाद गर्न सक्ने बताएका छन् । अहिले भने आफूलाई आफ्नो परिवार र कामको नशा लागेको बताउँछन् ।

‘बिहानको समय थियो र मलाई भोग लागेको थियो, त्यतिबेलासम्म मेरी आमा बितिसकेकी थिइन्, मैले नोकरलाई खाना दिन भनें,’ सञ्जय भन्छन्, ‘उसले भन्यो, बाबा दुईदेखि तपाईंले खाना खानुभएको छैन, सुतिरहनुभएको छ ।’

नोकरले सुनाएको कुरा स्मरण गर्दै सञ्जय अगाडि थप्छन्, ‘म बाथरुममा गएँ, आफूले आफ्नो हालत देख्दा मर्ने हालतमा थिएँ, मेरो मुख र नाकबाट रगत बगिरहेको थियो, त्यो सबै देखेर म डराएँ ।’

‘बिहान बुबासँग गएर मैले भनें, मलाई सहयोग चाहियो, मलाई ड्रग्सको लत लाग्यो,’ सञ्जय भन्छन्, ‘म त भाग्यशाली थिएँ कि, मेरा बुबाले यहाँबाट अमेरिका पुनर्वास केन्द्र लैजानुभयो ।’

सञ्जयले त्यहाँ आफू २ वर्ष रहेको बताएका छन् । पहिले आफूलाई फेरि पनि खाऊँ कि भन्ने मन लागेको तर पछि उनले कुनै हालतमा पनि कोशिश नगर्ने र अरुलाई पनि गर्न नदिने सोच बनाए ।

‘दुई वर्षपछि म भारत फर्किपछि एक युवक भेट्न आएको बाबाले बताउनुभयो,’ सञ्जय अगाडि थप्छन्, ‘ऊ मेरो ड्रग पेडलर थियो, मसँग भेट्न आएको थियो, उसले त्यतिबेला ड्रग्सको पुरिया दिँदै फ्रीमा राख्न भन्यो ।’

त्यतिबेला सञ्जयलाई सोच्नका लागि एक सेकेन्ड चाहिएको थियो । त्यो एक सेकेन्डमा उनले तय गरे कि अब जिन्दगीमा कहिल्यै पनि ड्रग लिने छैनन् ।

‘त्यसपछि मैले बुबालाई भनें, तपाईंले मलाई मद्दत गर्नुभयो, म कुनै न कुनै युवालाई जरुर मद्दत गर्नेछु,’ उनी भन्छन् ।

सञ्जय दत्तले फिल्म करिअर शुरु गर्दा नै उनलाई नशाको लत लागेको थियो । उनलाई पहिलोपटक प्रहरीले ड्रग्सकै कारण पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  २ : ३५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना