घर जान हिँडेकालाई प्रदेश पाँचमा खाने बस्नेसहितको क्वारेन्टाइन व्यवस्था « Khabarhub

घर जान हिँडेकालाई प्रदेश पाँचमा खाने बस्नेसहितको क्वारेन्टाइन व्यवस्था


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- घर जानका लागि हिँडेका र प्रदेश नम्बर पाँचमा पुगेका नागरिकलाई प्रदेश सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ ।
क्वारेन्टाइनमा खाने बस्ने व्यवस्था गरिएको छ ।

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले घर जान हिँडेका प्रदेश ५ को सडकमा पुगेका नागरिकलाई क्वारेन्टाइनमा गएर बसिदिन अनुरोध गरेका छन् । क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था रहेको उनले जनाएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा सबेर सहयोग गरिदिन अनुरोध गरेका हुन् । सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेखेका छन् ‘घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ ।’

लकडाउन लम्बिएसँगै विभिन्न सहरमा रहेका मानिसहरु पैदल आफ्ना घर तर्फ लागेका छन् ।

सरकारले मजुर र गरिखाने वर्गका नागरिकलाई घर पुराउने व्यवस्था नगरेको र यदी बसेकै स्थानमा रहन अनुरोध गर्ने हो भने खानपानको व्यवस्था गर्नुपर्ने माग उठेको छ ।

सामाजिक सञ्जालहरुमा काठमाडौं लगायतका शहरी क्षेत्र छोडेर मजुरहरु सामानसहित निकै कष्टसाथ लामो यात्रा गरिरहेको तस्वीर र भिडियोहरु सार्वजनिक भएका छन् ।

सरकारले लकडाउन गरेपछि मजदुर र दैनिक ज्याला गरेर खानेहरुलाई खानपानको व्यवस्था नमिलएको भन्दै चर्को आलोचनासमेत भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १२ : ४७ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा