धादिङ – र्यापिड टेष्टका क्रममा पोजेटिभ देखिएका धादिङका युवामा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
फागुन २० गते दक्षिण कोरियाबाट आएका धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर–३, मैदीस्थित स्वास्थ्य केन्द्रमा गरिएको र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको थियो ।
र्यापिड टेष्टका क्रममा रिपोर्ट पोजेटिभ आएसँगै २७ वर्षीय युवकको पीसीआर जाँचका लागि नमूना पठाइएको थियो । उक्त परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकृत विक्रम बीकेले जानकारी दिए ।
प्रतिक्रिया