एकै परिवारका चार जना माटोको ढिस्कोमा पुरिए, अवस्था गम्भीर | Khabarhub Khabarhub

एकै परिवारका चार जना माटोको ढिस्कोमा पुरिए, अवस्था गम्भीर


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकामा माटो लिन गएका एकै परिवारका चारजनालाई माटोको ढिस्कोले पुरेको छ ।

खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेका अनुसार खानीखोला गाउँपालिकाको वडा नं ४ को पत्थरचोकमा घरमा पोत्ने माटो लिन गएका एकै परिवारका चार जनालाई माटोको ढिस्कोले पुरेको हो ।

स्थानीय धनबहादुर गोलेका छोरीहरु एरिना गोले, सरिना गोले, सनिसा गोले र अनिसा गोलेलाई माटोको ढिस्कोले पुरेको थियो ।

घाइतेको तालढुंगा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माटोले पुरिएका दिदीबहिनीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज पौडेलले जानकारी दिए । गम्भिर घाइते भएका चारै जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौैं ल्याउने तयारी भैरहेको प्रवक्ता गोलेले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  २ : ५९ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको