केन्द्र सरकारले सुदूरपश्चिमका लागि पठायो ३४ चिकित्सक « Khabarhub

केन्द्र सरकारले सुदूरपश्चिमका लागि पठायो ३४ चिकित्सक


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३४ जना चिकित्सकहरु पठाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले परिचालन गर्ने गरी ३४ जना चिकित्सकहरु पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एमडी/एमएस अध्ययनरत आवासीय चिकित्सकहरुलाई सुदूरपश्चिममा खटाएको हो । उनीहरु शुक्रबार नै यति एयरलाइन्सको चार्टर्ड जहाजमार्फत धनगढी पुगिसकेका छन् ।

खटाइएका ३४ जनामध्ये १३ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा, ४ जना कञ्चनपुरस्थित महाकाल् अस्पतालमा परिचालन गरिने छ । बाँकी चिकित्सकहरुलाई ७ पहाडी जिल डडेल्धुरा, डोटी, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुला तथा कैलालीको टीकापुरमा परिचालन गरिने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा हालसम्म ५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पाँचै जना संक्रमितको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : १४ बजे

इरानी क्षेप्यास्त्र आक्रमणपछि यूएईले भन्यो : खतरा नियन्त्रणमा छ

काठमाडौं – मध्यपूर्वमा इरान र अमेरिकाबीच भएको युद्धविरामपछि पुनः तनाव

इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो

काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ

जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन

काठमाडौं – दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा

एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं – सर्वोच्च अदालतले एकल महिला (विधवा)ले अर्को विवाह गरेमा

कर्णाली प्रदेश सरकारले दश वर्षे कृषि रणनीति तयार पार्दै

सुर्खेत – कर्णाली प्रदेश सरकारले टुक्रे आयोजनाबाट प्रतिफल नआउने भएपछि