अलपत्र परेकाहरुलाई गन्तब्यमा पुर्‍याउने बारे बालुवाटारमा छलफल « Khabarhub

अलपत्र परेकाहरुलाई गन्तब्यमा पुर्‍याउने बारे बालुवाटारमा छलफल


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण शहरमा र बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने बारे व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ ।

यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । तर निर्णय गर्नु अघि प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल भइरहेको छ । छलफलका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि बोलाएका छन् ।

अलपत्र परेकालाई विशेष राहत प्याकेज वा गन्तव्यसम्म पुर्‍याइदिनेमध्ये एक निर्णय गर्ने तयारी समितिले गरेको छ ।

स्रोतका अनुसार घर जान दिने निर्णय गर्ने भन्दा पनि जनप्रतिनिधसँगको समन्वयमा जाने व्यवस्था मिलाउने बारे छलफल भइरहेको छ ।

उच्चस्तरीय समितिले बैठक अघि नेकपाका केही सांसदहरुसँग पनि छलफल गरेको थियो ।

लकडाउनका कारण अलपत्र परेका नगरिकहरु राजधानीसहितका विभिन्न स्थानबाट पैदल नै गाउँ फर्किरहेका छन् । सयौं किलोमिटरको दूरी उनीहरुले तय गरिरहेका छन् । खाना बस्नको समस्याका कारण नागरिकहरु अलपत्र पर्दा समेत सरकारले वेवास्ता गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

यसैबीच प्रदेश नम्बर पाँच सरकारले भने आफ्नो क्षेत्रमा आइपुगेका नागरिकलाई क्वारेन्टाइमा राख्ने व्यवस्था गरेको छ । खाना बस्न सहितको व्यवस्था गरिएको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : ५० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी