अलपत्र मजदुर, गर्भवतीलगायतको मानवअधिकार रक्षा गर्न सरकारलाई आयोगको निर्देशन « Khabarhub

अलपत्र मजदुर, गर्भवतीलगायतको मानवअधिकार रक्षा गर्न सरकारलाई आयोगको निर्देशन


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनका कारण राजधानी लगायतका स्थानमा अलपत्र परेर गाउँ जाने क्रममा बाटामा अलपत्र परेकाहरुको मानवअधिकार रक्षाका लागि सरकारलाई निर्देशन दिएको छ ।

आयोगले श्रमिक वर्ग, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गरी उनीहरूको बाच्न पाउने मानव अधिकारको रक्षा गर्न सरकारलाई निर्देशन दिएको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले असंगठित रूपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, सिमान्तकृत र उपचारका लागि हिँडेका बिरामीसहित हजारौं जना घर फर्कने क्रममा बाटामा अलपत्र परिरहेको अनुगमनका क्रममा पाइएको भन्दै उनीहरुको अधिकार रक्षा हुनुपर्ने बताएको हो ।

संविधानमा प्रत्याभूत प्रत्येक व्यक्तिको खाद्य तथा बाँच्न पाउने अधिकारको सम्मान गरी अलपत्र नागरिकहको मानव अधिकारको रक्षा गर्न संघ, प्रदेश सरकार र स्थानीय तहहरूलाई आयोगले निर्देशन दिएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : ०७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी