सुनेको थिएँ, कम्युनिस्ट पार्टी त मजदुर र सर्वहारा वर्गको पार्टी हो | Khabarhub Khabarhub

सुनेको थिएँ, कम्युनिस्ट पार्टी त मजदुर र सर्वहारा वर्गको पार्टी हो


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपालमा लकडाउन गरेको झण्डै एक महिना पुग्न लागेको छ । सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यद्यपि धेरैलाई यो लकडाउन पुनः लम्बिने डरले सताएको छ । दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु हप्तौं हिडेर घर पुगेका छन् ।

सामाजिक सञ्जालमा मजदुरलाई घर जाने वातावरण नबनाएको भन्दै सरकारको व्यापक आलोचना भएको छ । यसैबीच हास्यकलाकार कुमार कट्टेल (जिग्री) ले प्रधानमन्त्री ओलीलाई ती मजदुरलाई घरसम्म पु¥याउन व्यवस्थाका लागि आग्रह गरेका छन् ।

‘प्रधानमन्त्री ज्यू, तपाईं त सरकारको नेतृत्त्व गरिरहेको कम्युनिस्ट पार्टीको अध्यक्ष, कम्युनिस्ट पार्टी त मजदुर र सर्वहारा वर्गको पार्टी हो सुनेको थिएँ,’ कुमार कट्टेल लेख्छन्, ‘आज विपत्तिमा गरीब, मजदुरहरु भोकभोकै हिँडेर घर गइरहँदा तपाईको पार्टी र सरकार गरीब र मजदुरकै हो र भन्ने प्रश्नमा मनमा आयो ।’

उनले यो देशको नागरिकको हैसियतले जिल्ला–जिल्ला र स्थानीय तहको समन्वयका लागि पास मिलाइदिन पनि अनुरोध गरेका छन् ।

साथै कट्टेलले आफ्नो व्यक्तिगत खर्चमा गाडीको व्यवस्था गरी फसेका गरीब र मजदुरको पहिचान गरी घर पु¥याइदिने पनि बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : २९ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो