कोरोना कहर : न्युयोर्कका विद्यालय मे १५ सम्मका लागि बन्द | Khabarhub Khabarhub

कोरोना कहर : न्युयोर्कका विद्यालय मे १५ सम्मका लागि बन्द


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले अत्यावश्यक बाहेकका व्यवसाय, प्रतिष्ठानहरु र विद्यालयहरु मे १५ सम्म नखुल्ने बताएका छन् ।

यी क्षेत्रहरु अहिले पनि बन्द रहेका र आगामी मे १५ सम्म नै नखुल्ने जानकारी गभर्नर एन्ड्रयु कुओमोले जानकारी दिए ।

बिहीबार उनले संयुक्त राज्य अमेरिकाले कोविड १९ को संक्रमणलाई रोक्ने प्रयासस्वरुप यो निर्णय गरिएको जानकारी दिएका थिए ।

कुओमोले नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार सो विषयमा जानकारी दिएका हुन् । उनले न्युयोर्क वरिपरिका राज्यहरुसँग पनि आवश्यक परामर्श गरेर यो निर्णय लिइएको जानकारी गराएका थिए ।

उनले पछिल्ला केही दिनहरुमा यस राज्यमा कोविड १९ का कारणले भर्ना हुन आउने तथा आइसीयुमा राख्नुपर्ने अवस्थाका विरामीहरको संख्या घट्दो मात्रामा रहेको जानकारी पनि दिए ।

तर पनि अहिले नै उद्योग कारखाना तथा सबै बजार खुल्न मिल्ने अवस्था भने नरहेकोले सतर्कता अपनाउन पनि न्युयोर्कका गभर्नरले सबैसँग अपिल गए ।

उनले आगामी केही हप्तामा अवस्था नियन्त्रणमा आउने भन्दै छिमेकी राज्यहरुसँगको परामर्शबाट बजार तथा विद्यालय खोल्ने सम्बन्धी निर्णय जतिसक्दो चाँडै गर्ने पनि उनले बताए ।

अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट मृत्यु हुनेको संख्या ३४ हजार ६ भन्दा बढी छ । नेपाली समयानुसार शुक्रबार अपरान्हसम्म अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ ।

कोरोना भाइरसबाट शुक्रबार अपरान्हसम्म संक्रमित हुने ६ लाख ७८ हजार पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : ५३ बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको