महेन्द्र बहादुर पाण्डे चीनका लागि नेपाली राजदूतमा नियुक्त « Khabarhub

महेन्द्र बहादुर पाण्डे चीनका लागि नेपाली राजदूतमा नियुक्त


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा महेन्द्र बहादुर पाण्डे नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सिफारिसानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम पाण्डेलाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ ।

सरकारले यसअघि चीनका लागि नेपाली राजदूत रहेका पूर्व मुख्यसचिव लिलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई नयाँ राजदूतका रुपमा पठाउने निर्णय गरेको थियो ।

सरकारको सिफारिसमा संसदीय सुनुवाई बाट समेत अनुमोदन भएपछि राष्ट्रपति भण्डारीले पाण्डेलाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : ४८ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन